झापा । स्वास्थ्य सामाग्री सहित पत्रकार महासंघ झापा र प्रेस चौतारी नेपालको टोली संक्रमित पत्रकारको घरघरमा पुगेका छन् ।
कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका पत्रकारका लागि आवश्यक स्वस्थ्य सामाग्री सहित टोली संक्रमित पत्रकारको घर–घरमा पुगेको हो ।
झापा शाखाले झापाका सबै संक्रमित पत्रकारको घर घरमा पुगेर स्वस्थ्य लाभको कामना गर्दै स्वास्थ्य सुरक्षाका लागी आवश्यक पर्ने भ्यापुलेटर,माक्स र सेनेटाईजर पोषणयुक्त खानेकुरा फलफुल प्रदान गरिएको चौतारीका अध्यक्ष टिकाराम उप्रेतीले बताए ।
स्वस्थ्य सामाग्री प्रदानका क्रममा संक्रमित पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आगामि दिनमा पत्रकारलाई थप सहयोग र समन्वय गर्ने र कोरोना बिमाको प्रक्रिया लाई सहज बनाउन पहल भइरहेकोमहासंघका कोशाध्यक्ष रंजित प्रसाईले बताए ।
महासंघका जिल्ला अध्यक्ष एकराज गिरि र चौतारीका अध्यक्ष उप्रेतीको सक्रियतामा पत्रकार लाई भइरहेको सहयोग सकारात्मक कार्यको रुपमा थालनी भएको भन्दै सामाजिक संजाल मार्फत संक्रमित पत्रकारहरुले धन्यवाद दिदै आएका छन् ।
हाल सम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । एक जनाको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसनमा छन् ।







