• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० भन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता


  •    संवाददाता/ शनिबार, जेठ ०१, २०७८  

  • बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ ।

    अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले सो प्रतिबद्धता जनाएका हुन् । अभियानको मुख्य साझेदार संस्थाहरु सहारा नेपाल र अन्तर्राष्ट्रिय झापाली समाजले एकएक सय थान अक्सिजन सिलिन्डर प्रदान गर्ने जनाएका छन् ।

    Advertisement

    त्यस्तै, अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ । इन्स्टिच्युटका सञ्चालक दिपक खनालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    Advertisement

    अभियानले यसअघि स्थापना गरेको पिसिआर प्रयोगशालाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गरेको २५ लाख रुपैयाँ संकलन समितिका खनाल संयोजक थिए । उनकै अगुवाई संसारभर रहेका झापालीले २५ लाख जुटाउन सहयोग गरेका थिए ।

    झापा बिर्तामोड निवासी खनाल झापाली समाज अस्ट्रेलियाका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष हुन् । उनले यसअघि पनि सामाजिक कार्यका लागि लाखौँ रुपैयाँ सहयोग गरिसकेका छन् ।

    त्यस्तै, रोटरी क्लब अफ बिर्तामोडले पाँच थान अक्सिजन सिलिन्डरको प्रतिबद्धता जनाएको छ भने रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले पनि पाँच थान सिलिन्डरको प्रतिबद्धता जनाएको छ ।

    रोटरीका तर्फबाट अध्यक्ष निर्मल भट्टराई र प्रतिष्ठानका तर्फबाट महासचिव गोपाल ओलीले प्रतिबद्धता जनाएका हुन् । यी दुवै सामाजिक संस्था अभियानको स्थापनाकालदेखिकै सदस्य संस्था हुन् ।

    यसैबीच, झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नम्बर ४ ले सिलिन्डर खरिदका लागि नगद ५१ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । मञ्चका अध्यक्ष सुनिल भेटवालले पत्रकार सम्मेलनमार्फत सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    अभियानलाई व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त भइरहेको छ । अभियानको सचिवालयका कर्मचारी मातृका सुवेदीका अनुसार पहिलो दिन ९ जनाले सिलिन्डरबापतको १५ हजार रुपैयाँका दरले सहयोग गरेका थिए । आज दोस्रो दिन साँझसम्म २० जना पुग्ने सुवेदीले बताए ।

    झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

    अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

    अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए ।

    अभियानसँग हाल १५ लाख ७७ हजार रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

    दोस्रो चरणमा चार कार्यक्रम

    दोस्रो चरणमा अभियानले अक्सिजन बैंकको स्थापना गर्ने, एक्सरे मेसिन खरिद, डाक्टर परामर्श सेवा र कोभिड संक्रमित विपन्न परिवारहरुका लागि खाद्यान्न सहयोग कार्यक्रम सार्वजनिक गरेको छ ।

    आज शनिबार जुम एप्समार्फत भएको पत्रकार सम्मेलनमा संयोजक गिरीले कार्यक्रमबारे बताएका थिए । अक्सिजन बैंकका लागि काम सुरु भइसकेको छ भने एक्सरे मेसिन स्थापना गर्न प्रक्रिया अघि बढाइको छ ।

    झापा जिल्ला सहकारी संघको पहलमा अभियानमार्फत एक्सरे मेसिन सञ्चालनमा ल्याइने संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए । त्यसका लागि संघले काम गरिरहेको बताइएको छ । एक्सरे मेसिन हाल पिसिआर ल्याब रहेको कनकाईस्थित समर्पण भवनमा स्थापना गरी सञ्चालनमा ल्याइने ढकालले बताए ।

    २०२० को मे १ तारिखबाट सुरु भएको अभियानले पहिलो चरणको कोरोना संक्रमणको बेला एक करोडभन्दा बढी खर्चमा पिसिआर ल्याब स्थापना गरेको थियो । ल्याब स्थापना भएपछि झापालगायत साविक मेची अञ्चलबासीको कोरोना परीक्षणमा सहज भएको छ ।

    यसअघि पनि अभियानले अघिल्लो वर्षको लक डाउनका बेला विपन्नवर्ग तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरु भोकै नहुन् भनेर एक परिवारले ‘एक विपन्न परिवारलाई सहयोग’ भनेर २ हजार रुपैयाँका दरले सहयोग संकलनबाट अभियान सुरु गरेको थियो ।

     

    अभियानले झापामा भिटिएम, आडिटी किट वितरण गर्नुका साथै, क्वारेन्टिनमा खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको थियो । संकलन गरिएका स्वाबको परीक्ष्णमा ढिलाइ हुन थालेपछि अभियानले पिसिआर ल्याब स्थापना गरेको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.