• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महामारीमा पत्रकार महासंघको अभियान (संक्रमित पत्रकारको घरघरमा पोषिलो खानेकुरा, औषधि र योग शिक्षा)


  •    संवाददाता/ बुधबार, बैशाख २९, २०७८  

  • झापा । कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ ।

    पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारकालागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पु¥याएको हो ।

    Advertisement

    त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।

    Advertisement

    यसैवीच पत्रकार महासंघ प्रदेश नं. १को पहल तथा झापा शाखाको समन्वयमा बुधवार मेची अञ्चल आयुर्वेद औषधालय (अस्पताल) इलामको टोलीले संक्रमित १० पत्रकारको घरमा आयुर्वेद औषधि वितरण गर्नुका साथै श्वासप्रश्वासमा लाभ पुग्ने विभिन्न योग विधि समेत सिकाएको छ ।

    अस्पतालका वरिष्ठ कविराज निरीक्षक तीर्थराज आचार्य नेतृत्वको टोलीले औषधि वितरण र योग विधि सिकाएको हो ।
    स्वास्थ्य कार्यालय इलामको सहयोगमा उक्त औषधि वितरण गरिएको थियो । टोलीले अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, जेठी मधु, त्रिकटु लगायतका औषधि वितरण गरेको थियो ।

    त्यसक्रममा संक्रमित पत्रकार र पत्रकारका परिवारलाई भस्त्रीका प्रणायम्, कपालभाती प्रणायम्, अनुलोम विलोम प्रणायम्, उज्जयी प्रणायम्, हस्त पदासन, ताडकासन लगायतका विधि सिकाइएको थियो ।

    पत्रकारहरु नरेन्द्र ढकाल, भीमा शिवाकोटी, गोपाल काफ्ले, पारस तिम्सिना, पुष्प बराल, दिपेन्द्र पौडेल, राजु अधिकारी, सन्तोष आचार्य, पर्वत पोर्तेल, विगम श्रेष्ठको निवासमै पुगेर उक्त सेवा प्रदान गरिएको हो ।

    त्यस क्रममा हाल ओम आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेका सबै पत्रकारले महासंघ जिल्ला तथा प्रदेशको टोली र आयुर्वेदको टोलीलाई धन्यवाद ज्ञापन गर्दै आफूहरुको मनोबल उच्च बनाउन सहयोग पुगेको बताएका थिए ।

    टोलीमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महासंघ प्रदेश नं. १का तर्फबाट सदस्य तोया भट्टराई, प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, सदस्य रञ्जित परियार, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय झापाका डा. अनिल यादव लगायत सहभागी थिए ।
    इलाममा भने आयुर्वेद औषधालयले कोभिड नियन्त्रणका लागि घर–घरमा मेची आयुर्वेद भन्ने अभियान सञ्चालन गरेको छ । झापामा पत्रकार महासंघको पहल र समन्वयमा उक्त टोली आएको हो । आयुर्वेद अस्पताल इलामका वरिष्ठ कविराज निरीक्षक आचार्यले महामारीको बेला यस्तो अभियान देशभरि चलाउन आवश्यक रहेको बताएका छन् ।
    हाल सम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । एक जनाको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसनमा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.