बिर्तामोड । झापामा कोभिड १९ संक्रमण जोखिम कम गर्न जारी आंशिक निषेधाज्ञाको आज दोश्रो दिन ।
बिहानको समयमा खुलेका बजार , पसलहरु ११ बजेयता बन्द रहेका प्रहरी कार्यलय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
सडकमा सवारी साधनहरु आंशिक रुपमा सञ्चालनमा रहेका छन् । सवारी साधन सञ्चालनका निम्ती जोरबिजोर प्रणली कार्यन्वयनमा रहेको छ ।

दोश्रो दिन आज बिजोर नम्बर प्लेट भएका सवारीको पालो रहेकोमा नियम उल्लंघन गर्ने २ सय ३९ वटा सवारी कारबाहिमा परेका छन् । २ सय दुई पांग्रे र ३९ वटा चारपांग्रे गरी २ सय ३९ वटा सवारी नियन्त्रणमा लिईएको जील्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
उनीहरुलाई दुई घण्टा होल्ड गरेर छोड्ने कार्यालय प्रमुख निशेष चापागाईले बताउनुभयो । हिजो एकैदिन ५ सय बडी सवारी कारबाहिमा परेपछि सडकमा निषेधाज्ञा गर्नेको संख्या केहि कम भएको ट्राफिक प्रहरीले बताएको छ ।







