कविता :
नहुनु उसको भइसकेपछि
मेरो त कामना यति छ कि
Advertisement
“ग्रेट वाल” भन्दा लामो होस तिम्रो खुसी
“बुर्ज खलिफा” भन्दा अग्लो बनोस तिम्रो पहिचान
“ताज महल” भन्दा सुन्दर बनोस तिम्रो घर
म त ढलेको “धरहरा” जस्तै हो
कुनै दिन फेरि उठ्न सकेँछु भने
तिम्रै खुशिहरु हेर्नेछु त्यसैको टुप्पोबाट ।।
झापा , हाल युएई ।







