१० बैसाख, काठमान्डौँ । राट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको प्रसंशा गरेका छन । आफ्नो आधिकारिक ट्विटर हेण्डलबाट ट्विट गर्दै थापाले २०७२ सालको भूकम्पबाट ध्वस्त धरहरा, रानीपोखरी, नेपाली सेनाको मुख्यालय, दरबार हाइस्कूल लगायत सम्पदाका पुनर्निर्माण र नयाँ स्वरुप प्रदान गरेको भन्दै सरकारको प्रसंशा गरेका हुन् ।
आफ्नो ट्विटमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुसिल ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनालाई मेन्सन गर्दै थापाले भनेका छन्, – “२०७२ सालको महाभूकम्पबाट ध्वस्त धरहरा, रानीपोखरी, नेपाली सेनाको मुख्यालय, दरवार हाइस्कूलको पुनर्निर्माण र नयाँ स्वरुप प्रशंसनीय छ र राम्रो छ।यिनीहरूले काठमाडौँको सौन्दर्य बढाएका छन् । पुनर्निर्माणमा संलग्न सबै बधाई र धन्यवादका पात्र छन् ।”
Advertisement







