• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरस्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न


  •    संवाददाता/ सोमबार, मङि्सर ३०, २०८२  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको आयोजनामा बिर्तामोड नगरस्तरीय सांस्कृतिक गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

    झापाको बिर्तामोड नगरपालिका-१० मा अवस्थित विष्णु भगवती अङ्ग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार सुरु भएको प्रतियोगिता आइतबार समापन भएको हो ।

    Advertisement

    प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।

    Advertisement

    प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने भेषभूषासहित सांस्कृतिक पहिचान अनुसारका आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

    सांस्कृतिक नृत्य प्रतियोगितामा कञ्चन अङ्ग्रेजी विद्यालय प्रथम, चिल्ड्रेन अङ्ग्रेजी विद्यालय द्वितीय र न्युटन अङ्ग्रेजी विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

    विजेता विद्यालयका विद्यार्थीहरूलाई प्रमुख अतिथि भण्डारी, प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष खरेल तथा विशेष अतिथि हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनालले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

    कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्याब्सन झापा अध्यक्ष छत्र कार्कीले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा समाज र संस्कृतिसँग बालबालिकालाई घुलमिल गराउन यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताए ।

    उक्त अवसरमा बोल्दै प्रमुख अतिथि भण्डारीले सामुदायिक र संस्थागत विद्यालयबीच विभेद गर्नु नहुने धारणा राख्दै निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण अभिभावकको आकर्षण बढ्दै गएको बताएका छन् ।

    कार्यक्रममा शिक्षक महासङ्घ बिर्तामोड झापाका अध्यक्ष युवराज कट्टेल, न्युटन्स एजुकेसन एकेडेमीका निर्देशक आशिष प्रसाईं, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, पत्रकार, विभिन्न शैक्षिक सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्याब्सन बिर्तामोड नगर समितिका कोषाध्यक्ष प्रमिला बजगाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपंकर मैनालीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.