पुजा कलेक्सन बिर्तामोडका सञ्चालक युवा व्यवसायी नविन गोयलले आफ्नो जन्मोत्सव बालबालिकाहरुसँग मनाएका छन् ।
बिर्तामोड निवासी गोयलले आफ्नो ४७ औ जन्मोत्सव अर्जुनधारा-११ स्थित बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा, गङ्गा आमा र जगल ब्वाइज होमका र जुनकीरी सार्वजनिक आधारभूत विद्यालयका सयौं बालबालिकाहरुलाई न्यानो सुइटर तथा खाजालगायत प्रदान गरि आफ्नो जन्मोत्सव मनाएका हुन् ।
महेश्वरी महिला मञ्च मेचीकि अध्यक्ष रिता चित्त्लाङ्गियाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक जगतबहादुर मगरको प्रमुख आतिथ्य रहेको थियो ।
गोयलकी जीवन सङ्गिनी पुजा गोयल, मन्चकी अध्यक्ष रिता चित्तलाङ्गिया, महेश चित्तलाङ्गिया, अध्यक्ष जगतबहादुर मगर लगायतले दीर्घ जिवनको र सराहनीय कार्यको शुभकामना व्यक्त गरेका थिए ।
शिक्षक गितादेवि खरेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।







