बिर्तामोड । युवा व्याबसायी तथा समाजसेवी प्रकाश बुढाथोकीले बिर्तामोड ९ स्थित काली माता मठमन्दिर व्यवस्थापन समितिको अक्षय कोषको लागि १ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
काली माता मठमन्दिर व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारणसभाको अवसर पारेर उज्यालो चिन्तन चौतारी रिसोर्टका संचालक रहेका बुढाथोकीले अक्षय कोषको लागि सो नगद सहयोग गर्नुभएको हो ।
त्यस्तै अक्षय कोषको लागि दिनानाथ शिवाकोटीले १५ हजार , भुपाल दाहालले १३ हजार १ सय , आफ्ना बुवाआमाको नाममा पुण्यप्रसाद आचार्यले ११ हजार , किशोर भट्टराईले ११ हजार र मिगेन्द्र लिङ्देनले ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले जग्गा उपलव्ध गराए जेष्ठ नागरिक चौतारी निर्माणको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
काली माता मठमन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ९ का वडाध्यक्ष पवित्रा पाठक , विश्व हिन्दु महासंघका अध्यक्ष मोहन उपे्रती , समाजसेवी शम्भु पोखरेल , संचारकर्मी पिनाकी कोइरालालगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त अवसरमा ३० जना बृद्धा र २० जना बृद्ध गरी ५० जना जेष्ठ नागरिकलाई दोसल्ला र ढाका टोपीले सम्मान गरिएको थियो । सल्लाहकार अम्बिका कटुवालले स्वागत गरेको कार्यक्रमको संचालन काजी बुढाथोकीले गर्नुभएको थियो। महाशिवरात्री पर्वको अवसर पारेर मन्दिरमा बुधबारदेखि धार्मिक कार्यक्रम शुरु गरिएको अध्यक्ष रोक्काले बताउनुभयो ।







