• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्समा नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न


  •    संवाददाता/ शुक्रबार, मङि्सर ०६, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीमा विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ ।

    बिर्तामोडस्थित बिर्तापाटी प्यालेसमा आयोजना गरिएको तालिम गत मङ्सिर २ गते सुरु भएको थियो ।

    Advertisement

    तालिमको अन्तिम दिन कक्षा ११ र १२ का विद्यार्थीहरूले प्रशिक्षणमा सहभागिता जनाएका थिए । उनीहरूलाई शैक्षिक प्रशिक्षक तथा परामर्शदाता वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।

    Advertisement

    विद्यालयका डाइरेक्टर आशिष प्रसाईंको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर रहेकी थिइन् ।

    कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले सकारात्मक सोच, आत्मविश्वास निर्माण, तनाव व्यवस्थापन, अध्ययनमा ध्यान केन्द्रित गर्ने तरिका, समस्या समाधान लगायतका विषयमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपसभामुख मगरले पढ्नुका साथै उद्देश्य लिएर काम गरियो भने जीवनमा सफल हुने भएकाले विद्यार्थीहरुलाई एउटा उद्देश्य लिएर अघि बढ्न सुझाव दिएकी थिइन् ।

    इन्द्रचन्द्र क्याम्पसका प्रमुख प्रकाश दाहाल, देवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारी लगायतले मन्तव्य राखेको कार्यक्रममा नेपाल उद्यमशील महिला संघ अध्यक्ष पार्वता बिमली खरेल, बिर्तामोड नगर प्याब्सन उपकोषाध्यक्ष दिपक चम्लागाई, जुनकिरी आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, विद्यालय व्यवस्थापन समिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।

    विद्यालयका प्लस टु कोडिनेटर केवल सापकोटाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.