झापाको बिर्तामोड-३ मा अवस्थित आदर्श स्कूल अफ म्यानेजमेन्ट कलेजले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको बिर्ताबजार प्रहरी चौकीलाई नगद ३० हजार सहयोग गरेको छ ।
कलेजका दिपक दासले शुक्रबार प्रहरी चौकीमै पुगेर उक्त रकम मदन बुढाथोकी, प्रबेश थापा मगर, असई पदम बिष्ट लगायतलाई हस्तान्तरण गरेका हुन् ।
समाजमा शान्ति सुरक्षा कायम गर्ने क्रममा क्षति पुगेको संरचनाको पुनर्निर्माणमा सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिएको आदर्श कलेजका संस्थापक प्रिन्सिपल संजोग खरेलले बताए ।
Advertisement







