झापाको बिर्तामोडमा अवस्थित न्युटन्स एजुकेसन एकाडेमीले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्ननिर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएका इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुन: निर्माणमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयको तर्फबाट एक लाख रकम प्रदान गरेको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हुमागाईंले बताए ।
Advertisement







