झापाको बिर्तामोड नगरपालिका-७ मा अवस्थित कञ्चन इङ्लिस स्कुलका सञ्चालक दीपक चम्लागाई, बद्री बास्कोटा र डिल्लीराम चम्लागाईले वडा कार्यालयलाई सोफा प्रदान गरेका छन् ।
विद्यालयले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बिर्तामोड नगरपालिका-७ को वडा कार्यालयलाई पुन: सञ्चालनका लागि एक सेट सोफा प्रदान गरेको हो ।
वडा कार्यालयको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको विद्यालयका प्रिन्सिपल दीपक चम्लागाईले जानकारी दिए ।
Advertisement
वडा कार्यालय परिवारले सहयोगी दाताहरू प्रति धन्यवाद व्यक्त गरेको छ ।







