• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा क्षेत्रमा लगानीकर्तालाई हतोत्साहित बनाइयो, विधेयक तत्काल संशोधन हुनुपर्छ


  •    संवाददाता/ बिहिबार, भदौ १९, २०८२  

  • नेपालको शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएपनी सरकारले लगानीकर्तालाई हतोत्साहित बनाएको शैक्षिक अभियन्ताहरुले बताएका छन् ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सरकारले ल्याउन लागेको शिक्षा विधेयक निजी क्षेत्रलाई हतोत्साहित पार्ने गरिको रहेको र त्यसलाई तत्काल संशोधन गरिनुपर्ने माग राखेका हुन् ।

    प्याब्सन झापाको सभाहलमा सञ्चारकर्मीसँग भएको कार्यक्रममा उनीहरुले नेपालको शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयको योगदान धेरै रहेपनि निजी विद्यालयलाई तहसनहस बनाउने गरी शिक्षा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

    Advertisement

    संस्थागत शिक्षालय बचाउ संघर्ष समिति संयोजक तथा प्याब्सनका निर्वतमान केन्द्रीय सल्लाहकार गोविन्द लम्सालले माध्यमिक शिक्षामा निजी विद्यालयको नतिजाका आधारमा ९० प्रतिशत योगदान रहेको बताए । उनले सामुदायिक विद्यालयको नतिजाका आधारमा हेर्ने हो भने १० प्रतिशत योगदान मुस्किलले रहेको भन्दै सरकारले ल्याउन लागेको विधेयकको विरोध गरेका थिए ।

    Advertisement

    त्यस्तै संस्थागत शिक्षालय बचाउ संघर्ष समितिका सदस्य तथा एनप्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठले सरकार आफू पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैन अनि निजी विद्यालयले विद्यार्थीलाई प्रदान गरेको गुणस्तरीय शिक्षा देख्न नसकेको बताए ।

    कार्यक्रममा बोल्दै हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले निहित स्वार्थका कारण केही सांसदको अगुवाईमा निजी विद्यालयलाई तहसनहस बनाउने गरी शिक्षा विधेयक ल्याउन लागिएको आरोप लगाए । संसारमा शिक्षा नि:शुल्क नरहेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि एक जना विद्यार्थी बरावर सरकारले ४२ हजार रुपैयाँ खर्च गर्दै आएको दावी गरेका थिए ।

    प्याब्सन झापासहित नेशनल प्याब्सन झापा, हिसान झापा, उपेन झापा र नेपाल मन्टेश्वरी एशोसिएसन झापाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले विभेद भएको बताए ।

    प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले संस्थागत विद्यालय बचाउन संघर्ष समिति नै गठन गरिएको भन्दै गठित समितिका विषयमा जानकारी दिए । प्याब्सन झापाको अगुवाइमा ११ सदस्यीय संस्थागत शिक्षालय बचाउ सर्घष सल्लाहकार समिति झापामा गठन भएको उनको भनाइ छ ।

    प्याब्सनका निर्वतमान केन्द्रीय सल्लाहकार गोविन्द लम्सालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको सचिव उप्रेतीले बताए ।

    उप्रेतीका अनुसार समितिको सदस्यहरुमा एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ, प्याब्सनका केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरे, प्याब्सनका केन्द्रीय सदस्य श्रवण पोखरेल, प्याब्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बा, हिसान झापाका उपाध्यक्ष खेम भण्डारी, प्याब्सन झापाका जिल्ला सल्लाहकार हिम्मत क्षेत्री,सल्लाहकार कमलेश्वर राजवंशी, प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार जर्नादन ढकाल र एन प्याब्सन कोसी प्रदेश सदस्य जीवन राई रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.