काँकरभिट्टा माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा भुपाल शिवाकोटी चयन भएका छन् ।
बुधबार विद्यालयमा आयोजित सदस्यहरूको छलफलले शिवाकोटीलाई अध्यक्षमा सर्वसम्मत छानेको हो ।
यसअघि व्यवस्थापन समितिमा शिवाकोटी लगायत ९ जना सदस्य छानिएका थिए । त्यही ९ जना सदस्यबाट अध्यक्षमा शिवाकोटी छानिएको विद्यालयले जनाएको छ ।
Advertisement
त्यस्तै सदस्यहरूमा राधा कार्की, निर्मला राई, रामबहादुर दर्जी, लोकबहादुर कट्वाल (कैलाश), गिता गिरी, पदेन सदस्य एवम् वडाध्यक्ष ललितबहादुर तामाङ र सदस्य सचिवका रूपमा विद्यालयका प्रधानाध्यापक देबेन्द्र निरौला रहेका विद्यालयकी शिक्षिका शुभद्रा भट्टराईले जानकारी दिइन् ।
शिक्षक प्रतिनिधिको रूपमा एक जना शिक्षक छानिन बाँकी रहेका छन् ।







