चिल्ड्रेन इनभारोमेन्ट स्कूलका विद्यार्थीहरु वर्ड रोबोटिक्स टेक्नोसियन विश्वकपमा सहभागिता जनाउन दिल्ली गएका छन् ।
उनीहरु अगस्ट ३० देखि सेप्टेम्बर २ तारेखसम्म भारतको इन्दिरा गान्धी स्टेडयम नोयडामा हुन गइरहेको वर्ड रोबोटिक्स टेक्नोसियन विश्वकप २०२५ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै दिल्ली गएका हुन् ।
विद्यालयको रोबोटिक्स एआइ क्लबका विद्यार्थीहरु जोस्ना कार्की, शौरब धमला, प्रतीक्षा बराइली, मिक्टोक लावती, खुशी तामाङ, दीया चौलागाईं, सुदेस्ना भट्टराई, प्रजु दाहाल, कृश राई, ग्रेस राई, रुश धिमाल, युन्छोहाङ, सङ्म राजबंशी र प्रीन्स रिजालले रोबो कार रेसमा छात्र-छात्राको दुई वटा समूह र आरसी प्लेन, एयरक्राफ्ट प्रतियोगितामा एक समूह गरी तीन वटा इभेन्टमा भाग लिँदैछन् ।
अल इण्डिया रोबोटिक्स एशोसिएशनको आयोजनामा नेपालका तर्फबाट बिर्तामोडको चिल्ड्रेन इन्भारोमेन्ट स्कूल लगायत काठमाडौँबाट विभिन्न चार वटा प्रतिष्ठानले हक्की सकर, १५ केपी वार र सुमो प्रतियोगितामा भाग लिनेछन् ।
चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिँदै आइरहेको छ । यस सिलसिलामा विद्यालयमा नियमित रुपमा रोबोटिक्स तथा एआई कक्षाहरु इञ्जिनियरहरु दिवश खनाल, ई.राजु श्रेष्ठ, ई.सिद्धार्थ यादब र ई.राजकुमार चौरासियाले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिने गरेका छन् । विश्वभरबाट ५० वटाभन्दा बढी राष्ट्रहरुले भाग लिने प्रतियोगिताको नारा ‘टेक्नोलोजिज फर अ बेटर वल्र्ड’ रहेको छ ।
चिल्ड्रेन इन्भारोमेन्ट स्कूलबाट प्रतियोगी विद्यार्थीहरु र विद्यालयको रोबोटिक्स एआइ को-अर्डिनेटर जयराम चौलागाईं, एकाडेमिक इञ्चार्ज बिक्रम सुब्बा, शिक्षक ज्योति बाँस्कोटा र अफिसियल क्यामरा पर्सन सुवास लिम्बूलाई एक कार्यक्रमकाबीच विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रकुमार पोखरेलले शुभकामना दिँदै खदा माला लगाइ बिदाइ गरेका थिए







