बिर्तामोड नगर प्याब्सनको आयोजनामा अन्तर विद्यालयस्तरीय विविध प्रतियोगिताहरु सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तरगत नेपाली वक्तृत्वकलामा निदि मावि प्रथम, इन्भेन्चर मावि द्वितिय र देवकुल मावि तृतिय भएको छ भने अंग्रेजी वक्तृत्वकलामा निदि मावि प्रथम, ग्लोरी मावि द्वितिय र इकम मावि तृतिय भएको छ ।
त्यस्तै निवन्ध प्रतियोगितामा कञ्चन मावि प्रथम, बुद्ध स्मृति मावि द्वितिय र टावर टेम्पल मावि तृतिय भएको छ भने ६-८ सम्मको प्रतियोगितामा देवकुल मावि प्रथम, इन्भेन्चर मावि द्वितिय र मनकामना मावि तृतिय भएको छ ।
त्यसैगरी श्रतिलेखन ६-८ सम्मको प्रतियोगितामा एभरेष्ट मावि प्रथम, सुनगाभा मावि द्वितिय र लिटल एन्जल अंग्रेजी तृतिय भएको छ ।
त्यसैगरी १-५ सम्मको हाजिरीजवाफमा इन्भेन्चर मावि प्रथम, न्यूटन्स मावि द्वितिय र चिल्डेन मावि तृतिय भएको छ भने ६-८ सम्मको हाजिरीजवाफमा देवकुल मावि, सुनगाभा अंग्रेजी, बेल्स मावि, सरस्वती मावि, न्युटन्स मावि तथा एभरेष्ट मावि प्रथम, मनकामना मावि द्वितिय र टावर टेम्पल मावि तृतिय भएको छ ।
त्यस्तै १-५ छात्र चित्रकलामा चिल्डेन इन्भारोमेन्ट प्रथम, न्युटन्स मावि द्वितिय र बिर्ता मोडल मावि तृतिय भएको छ भने चित्रकला १-५ छात्रामा न्युटन्स मावि प्रथम, बुद्ध स्मृति मावि द्वितिय र चिल्डेन इन्भारोमेन्ट मावि तृतिय भएको छ ।
त्यसैगरी रंग भर्ने १-३ छात्रमा फनमिन मावि प्रथम, बिर्ता मोडल मावि द्वितिय र न्युटन्स मावि तृतिय भएको छ भने छात्रामा कञ्चनजंगा मावि प्रथम, फनमिन मावि द्वितिय र इन्भेन्चर मावि तृतिय भएको छ ।
त्यस्तै हस्तलेखन १-५ नेपालीमा कञ्चन मावि प्रथम, साहारा साकोस द्वितिय र देवकुल मावि तृतिय भएको छ भने हस्तकला १-५ अंग्रेजी हस्तलेखनमा इकम मावि प्रथम, साहारा साकोस द्वितिय र कोहेड मावि र एभरेष्ट मावि तृतिय भएको छ ।
त्यसैगरी श्रतिलेखन १-५ नेपालीमा विराट ज्योती मावि विद्यालय प्रथम, साहारा साकोस, बेल्स मोडेल र इन्भेन्चर मावि द्वितिय र देवकुल, न्युटन्स र निदि मावि तृतिय भएको छ ।
त्यस्तै श्रतिलेखन १-५ अंग्रेजीमा न्युटन्स मावि प्रथम, इन्भेन्चर मावि र ग्रिन फिल्ड मावि द्वितिय र एभरेष्ट मावि र बेष्ट फयुचर स्कुल तृतिय भएको छ भने श्रतिलेखन ६-८ नेपालीमा कञ्चनजंगा मावि प्रथम, देवकुल मावि द्वितिय र कञ्चन मावि तृतिय भएको छ ।
त्यसैगरी कविता छात्रामा कञ्चनजंगा प्रथम, ग्लोरी र चिल्डेन द्वितिय र बेल्स मोडेल तृतिय भएको छ भने छात्रमा चिल्डेन प्रथम, इन्भेन्चर द्वितिय र न्युटन्स तृतिय भएको छ ।
त्यस्तै निबन्ध अंग्रेजी एभरेष्ट प्रथम, ग्लोरी द्वितिय र सरस्वती एन्जल्स तृतिय भएको छ भने निबन्ध अंग्रेजी ६-८ मा बेल्स प्रथम, ग्रिन फिल्ड द्वितिय र साहारा साकोस र एमिटि मावि तृतिय भएको छ ।
उक्त कार्यक्रमको सञ्चालन नगर प्याब्सन बिर्तामोडका सचिव दिपांकर मैनालीले गरेका थिए ।







