• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निजी विद्यालयले झापामा विरोध प्रदर्शन गर्दै बुझाए ज्ञापनपत्र


  •    संवाददाता/ बिहिबार, भदौ १२, २०८२  

  • झापाका संस्थागत विद्यालयका सञ्चालकहरूले सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरुद्ध विरोध ¥याली प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भइसकेको शिक्षा विधेयकमा चार वटा बुँदा सच्याउनु पर्ने माग राख्दै आन्दोलित बनेका प्याब्सन, नेशनल प्याब्सन, हिसान, नेपाल मन्टेश्वरी एसोसिएसन र अपेनका पदाधिकारी तथा सञ्चालकहरूले बिहीबार जिल्लाको सदरमुकाम भद्रपुरमा विरोध ¥याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका हुन् ।

    Advertisement

    ट्रेड युनियन चोकमा भेला भएका उनीहरूले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगी कोणसभा गर्दै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    Advertisement

    सरकारले ल्याउन लागेको विधेयकमा निजी विद्यालयहरूलाई क्रमश: गैरनाफा मूलक बनाइने वाक्यांश हटाउनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनु पर्ने, छात्रवृत्तिमा विद्यार्थी सङ्ख्याको १० प्रतिशत प्रावधानलाई निरन्तरता दिइनु पर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने चार बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको प्याब्सन कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डेले जानकारी दिए ।

    यता कोणसभामा बोल्दै एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ, प्याब्सनका सल्लाहकार गोविन्द लम्साल र हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारी लगायतले विधेयक नसच्याएसम्म सरकारविरुद्ध आन्दोलन जारी राख्ने बताएका छन् ।

    कम्पनीमा दर्ता भएका नाफामूलक संस्थालाई अहिले गैरनाफा मूलक बनाउन नपाइने र पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने उनीहरूको अडान छ । आन्दोलनलाई थप सङ्घर्षपूर्ण बनाउन केन्द्रीय समितिको निर्णय अनुसार अघि बढ्ने तयारीमा रहेको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.