निजी विद्यालय सञ्चालकहरूले माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।
विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ ।
निजी विद्यालयले क्रमश: गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनु पर्ने माग राखेका छन् ।
यस्ता छन् दोस्रो चरणका आन्दोलन:
१) मिति २०८२ भाद्र १२ गते हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुँदै कोण सभामा परिणत हुने ।
(२) मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ-आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।
(२) मिति २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूल बसहरूमा कालोझण्डा/व्यानरसहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने । उक्त यात्रीमा सबै संठनका केन्द्रीय/प्रदेश/जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनु पर्नेछ ।
(४) मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ-आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समिक्षा बैठक गर्ने ।
(५) मिति २०८२ भाद्र १८ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी संभा गर्ने । उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुदै कोण सभामा परिणत हुने ।
(६) मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।







