• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा विधेयक प्रति प्याब्सनको असहमति: चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक


  •    संवाददाता/ बिहिबार, साउन ३०, २०८२  

  • सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

    प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    Advertisement

    सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    प्याब्सनको केन्द्रीय कार्यसमितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्याब्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीले आन्दोलनका कार्यक्रम सार्वजजनिक गर्दै आन्दोलनलाई उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला तह र पालिकास्तरमा केन्द्रले तय गरेका कार्यक्रम गर्दै आन्दोलनलाई उचाइमा पु¥याउने अध्यक्ष कार्कीको भनाई छ ।

    प्याब्सनले साउन २९ गते पत्रकारहरूको उपस्थितिमा स्थानीय तहका अध्यक्ष/मेयर र पालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउने, साउन ३० गते शुक्रबार जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय मितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने भदौ १ गते आइतबार प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने भदौ २ गते आ-आफ्नो निर्वाचन क्षेत्रका सङघीय प्रतिनिधि सभा/राष्ट्रियसभा सांसदहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अघि सारेका छन् ।

    त्यस्तै भदौ २ गते सोमबार ६:३० वजे बेलुका सुझाव सङ्कलनका लागि राष्ट्रिय परिषदको जुम बैठक बस्ने, भदौ ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, ४ गते प्रत्येका जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने भदौ ६ र ७ केन्द्र/प्रदेशस्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम प्याब्सनले सार्वजजनिक गरेको छ । उक्त समय सीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया गर्ने बताइएको छ ।

    प्याब्सन र एनप्याब्सनले पहिलो चरणको आन्दोलनपछि पनि माग बेवास्ता भए दोस्रो चरणको कठोर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

    विधेयकमा रहेको क्रमश: गैरनाफामूलक बनाईनेछ भन्ने प्रावधान, १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था, किताब, पोशाक, खाना, यातायात र होस्टलको अनिवार्य व्यवस्था जस्ता प्रावधानहरू कार्यान्वयन अयोग्य भएको भन्दै प्याब्सनको ठहर छ । हाल निजी विद्यालयहरूले १० प्रतिशतसम्म छात्रवृत्ति दिँदै आएका छन् ।

    विधेयकमा उल्लेख भएका कुराहरु सच्चाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले माग गरेको र ति कुरा नसच्चिएसम्म आन्दोलन जारी रहने बताइएको छ ।

    आन्दोलनका लागि प्याब्सन झापाले अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक र सचिव लक्ष्मीप्रसाद उप्रेतीलाई फोकल पर्षनका रुपमा तोकेको छ । उनीहरुले प्याब्सनका हरेक गतिविधिलाई अगाडि बढाउन पालिकास्तर समितिलाई आग्रह समेत गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.