एभरेष्ट बाल क्लबको अध्यक्षमा रिदम खड्का चयन भएका छन् ।
बिर्तामोड नगरपालिका वडा नं.६ मा अवस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा रहेको बाल क्लबले बुधबार एक कार्यक्रमका बीच खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुष्टि बुढाथोकी, सचिवमा दिया उप्रेती, सहसचिवमा आरुषी शिवाकोटी र कोषाध्यक्षमा सम्राट खरेल चयन भएका फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिइन् ।
त्यस्तै सदस्यहरुमा दिक्षा दुलाल, आयुष्ण खरेल, प्रशंसा गौतम, कैलाश खरेल, मानषध्वज गिरी, अभिषेक बुढाथोकी, आर्यन उप्रेती, अविज्ञा घिमिरे, अदिप चम्लागाईं, सिद्धिका खनाल, अपेक्षा ढकाल, द्रव्यराज निरौला, आदित्य काफले, जेरुसा तिम्सिना, निवृत्ति मैनाली र स्पर्श चापागाईंलाई चयन गरिएको छ ।
त्यसैगरी सल्लाहकार समितिको सदस्यमा नियम ओली, युनिशा उप्रेती र सम्पदा लिम्बू तथा शिक्षक सल्लाहकार समितिमा साबित्रा भट्टराई र दिनेश पौड्याललाई चयन गरिएको छ ।







