निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा उल्लेख गैरनाफामूलक र पूर्ण छात्रवृत्ति वाक्यांश हटाउन माग गरेका छन् ।
प्याब्सन, एन-प्याब्सन, नेसनल प्याब्सन र हिसानले आज काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन माग गरेका हुन् ।
निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाइने वाक्यांश तथा पूर्ण छात्रवृत्ति भन्ने शब्द विधेयकबाट हटाइनुपर्ने उनीहरुको भनाइ छ ।
Advertisement
प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले आफूहरुका माग सम्बोधन नगरे यही २९ गतेदेखि आन्दोलन गर्ने बताए ।







