• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कनका विद्यार्थीद्वारा अर्जुनधारा धामको अध्ययन तथा अवलोकन


  •    संवाददाता/ बुधबार, साउन २२, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलले विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले झापाको प्रसिद्ध धार्मिकस्थल (पूर्वको पशुपतिनाथ) का परिचित अर्जुनधारा धामको अध्ययन तथा अवलोकन भ्रमण गराएको छ ।

    बिर्तामोड नगरपालिका वडा नं.३ मा रहेको मन्टेश्वरीले बुधबार अर्जुनधारा धामको अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो ।

    Advertisement

    भ्रमण कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यार्थीहरूले अर्जनधारा क्षेत्रको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व र पर्यटकीय सम्भावनाको बारेमा प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएका थिए ।

    Advertisement

    कार्यक्रमको समन्वय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले भ्रमणका क्रममा विद्यार्थीहरूलाई अर्जुनधारा धामको धार्मिक सम्पदा, प्राचीन संरचना र क्षेत्रको सांस्कृतिक विविधताबारे जानकारी प्रदान गरिएको बताए ।

    विद्यालयका शिक्षकहरू तथा व्यवस्थापन टिमको साथमा सम्पन्न भएको भ्रमणले विद्यार्थीहरूमा पाठ्यपुस्तक बाहिरको ज्ञान, सामाजिक बौद्धिकता र सांस्कृतिक मुल्यबोधमा सकारात्मक प्रभाव पारेको सहभागीहरूको भनाइ छ ।

    यस्ता शैक्षिक भ्रमण कार्यक्रमहरूले विद्यार्थीहरूमा सक्रिय सिकाइ, व्यवहारिक ज्ञान र समूहमा काम गर्ने क्षमताको विकासमा टेवा पुर्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओझाले बताएका छन् ।

    लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलका अनुसार विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागि यस्ता प्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बताए ।

    उनले लिङ्कन मन्टेश्वरी स्कुलमा यस्ता किसिमका कार्यक्रमसँगै बालमैत्री वातावरणमा पठनपाठन भइरहेको बताएका छन् । मन्टेश्वरी स्कुलले प्रत्येक वर्ष विद्यार्थीको क्षमता विकासका लागि विभिन्न कार्यहरू गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.