• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राउण्ड टेबल बिर्तामोड २७ ले रामनगर आविलाई नमूना विद्यालय बनाउँदै


  •    संवाददाता/ सोमबार, साउन १३, २०८२  

  • राउण्ड टेबल बिर्तामोड २७ ले झापाको बाह्रदशी-३ स्थित रामनगर आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउने परियोजना सञ्चालन गरेको छ ।

    लाखौंको बजेट खर्च गरी नमूना विद्यालय बनाउने परियोजनाअन्तर्गत पहिलो चरणमा राउण्ड टेबल बिर्तामोड २७ ले रामनगर आधारभूत विद्यालयमा खानेपानी र शौचालय निर्माण गरिदिएको हो ।

    Advertisement

    करिव तीन लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी र शौचालय आज एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेको छ ।

    Advertisement

    विद्यालयको अभिभावकत्व ग्रहण गर्दै नमूना विद्यालय बनाउनका लागि करिव ३० लाख रुपैयाँ खर्च गर्ने योजना रहेको राउण्ड टेबल बिर्तामोड २७ का अध्यक्ष मनोज गोयलले बताए ।

    उनले सो बजेटबाट कक्षा कोठा, कम्प्युटर, इ-लाइब्रेरी, प्लेग्रुप विद्यार्थीहरुका लागि कोठालगायतका संरचना निर्माण गरिने जानकारी दिए । उनले स्थानीय सरकारसँग मिलेर यी योजनाहरु सम्पन्न गरिने बताए ।

    यसअघि सामाजिक संस्था द राउण्ड बिर्तामोड २७ ले झापाको बिर्तामोड-१० स्थित चमरधाप प्राथमिक विद्यालयमा कक्षाकोठा, कम्पाउण्ड वाल, शौचालय र खानेपानी निर्माण गरिदिएको थियो । सामाजिक संस्था राउण्ड टेबल नेपालअन्तर्गतको राउण्ड टेबल बिर्तामोड २७ ले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

    राउण्ड टेबल बिर्तामोड २७ का अध्यक्ष गोयलले सामाजिक उत्तरदायित्वअन्तर्गत शुद्ध खानेपानी र सुरक्षित शौचालय उपभोग गर्न पाउने विद्यार्थीहरुको अधिकार सुनिश्चित गर्नका लागि विद्यालयहरुलाई सहयोग गर्दै आएको बताए ।

    अध्यक्ष गोयलको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटी खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सबै वक्ताहरुले राउण्ड टेबल बिर्तामोड २७ ले गरेको उदाहरणीय कार्यको खुलेर प्रशंसा गरेका थिए ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरेल, बाह्रदशी-३ का वडाध्यक्ष टंकप्रसाद शाह, पूर्व वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशी, बाह्रदशी सामुदायिक क्याम्पसका अध्यक्ष गंगाप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य झरु राजवंशी र प्रधानाध्यापक यज्ञप्रसाद थापालगायतले बोलेका थिए ।

    राउण्ड टेबल बिर्तामोड २७ का सचिव दीपक मित्तलले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

    २०४५ सालमा स्थानमा भएको रामनगर आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुन्छ । जम्मा १५० जना विद्यार्थीहरुमा अधिकांश राजवंशी र मुस्लिम समुदायका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.