• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कमल गाउँपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरी पढ्ने विद्यालयको विवरण सार्वजनिक


  •    संवाददाता/ शुक्रबार, साउन १०, २०८२  

  • नेपालमै पहिलो पटक झापाको कमल गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरी पढ्ने विद्यालयहरुको विवरण सार्वजनिक गरेको छ ।

    कमल गाउँपालिकाले पालिकाका सबै जनप्रतिनिधिका विद्यालय जाने उमेरका छोराछोरीको अध्ययन गर्ने शिक्षण संस्थासहित यथार्थ विवरण सार्वजनिक गरेको हो । कमल गाउँपालिकाले सामुदायिक विद्यालय शिक्षा सुधारका लागि चालेका विभिन्न कदमहरु मध्येको एक महत्वपूर्ण मानिएको छ ।

    Advertisement

    कमल गाउँपालिका मातहतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरुको आकर्षण वृद्धि गर्न त्यस गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनु पर्ने गाउँ कार्यपालिकाको २०८० बैशाख १९ गते बसेको बैठकले निर्णय गरेको थियो । गाउँपालिकाले आ-आफ्ना छोराछोरीको यथार्थ विवरण माग गरि गत जेठ ११ गते सबै जनप्रतिनिधिहरुलाई पत्राचार गरेको थियो ।

    Advertisement

    नेपालको संविधान तथा शिक्षा ऐन २०२८ मा निर्वाचित जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै अध्ययन अध्यापन गराउनु पर्ने बाध्यात्मक व्यवस्था नभएतापनि कमल गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधिहरुका विद्यालय उमेरका छोराछोरीहरु अध्ययन गर्ने शिक्षण संस्थाको यथार्थ विवरण सार्वजनिक गरिएको अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।

    यस कदमले सामुदायिक विद्यालयप्रति जनप्रतिनिधिहरुलाई थप जिम्मेवार बनाउन नैतिक दबाब पुग्ने शैक्षिक अभियन्ताहरुको विश्लेषण छ । हालसम्म देशभरका कुनै पनि पालिकाहरुले आफ्ना जनप्रतिनिधिहरुका छोराछोरी पढ्ने विद्यालयहरुको विवरण सार्वजनिक गरेका छैनन् ।

    गाउँपालिकाका २० जना जनप्रतिनिधिमध्ये धेरै जनाको छोराछोरी विद्यालयमा अध्ययनरत रहेका छैनन् । केहीले सामुदायिक र केहीले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.