• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा तीन दिवसीय दलनायक तालिम सम्पन्न


  •    संवाददाता/ शनिबार, साउन ०४, २०८२  

  • बिर्तामोड नगर स्काउटको आयोजनामा तथा न्युटन्स एजुकेसन एकेडेमीको समन्वयमा सञ्चालन गरिएको तीन दिवसीय दलनायक तालिम विशेष समारोहका बीच सम्पन्न भएको छ ।

    दलनायक तालिममा बिर्तामोडभित्र रहेका २५ समुदायिक तथा निजी विद्यालयबाट जम्मा ४० जना छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    तालिममा बिर्तामोड नगर क्षेत्रभित्रका विभिन्न विद्यालयमा स्काउटको गतिविधीलाई चलायमान बनाउँदै सामाजिक दायित्वमा विद्यार्थी सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको बिर्तामोड नगर स्काउटका प्रमुख आयुक्त निकुञ्ज शर्माले बताए ।

    Advertisement

    प्रमुख अतिथि तथा नगर प्रमुख स्काउट नगेन्द्रप्रसाद संग्रौलले बालबालिकालाई सृजनशिल बनाउँदै सामाजिक दायित्व सम्बन्धमा जानकारी गराउन आवश्यक रहेको बताएका थिए ।

    तालिमको कोर्स लिडर न्यायजर निकुञ्ज शर्मा रहेका थिए । उनको निर्देशनमा सहभागीहरूलाई नेतृत्व विकास, अनुशासन, टोली समन्वय, स्काउट मूल्य र व्यवहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । तालिम अवधिभर समूहगत अभ्यास, कार्यशाला, ल स्काउट शपथ, नेतृत्वमूलक खेल तथा ज्ञानमूलक गतिविधिहरू सञ्चालन गरिएका थियो ।

    गत असार ३२ गतेबाट सञ्चालित तालिमको दोश्रो दिन सम्पूर्ण खराब र बेकार तत्वलाई तिलान्जली दिंदै सामाजिक सेवामा समर्पित हुने प्रण गर्न फायर क्याम्पको आयोजना गरिएको थियो ।

    उक्त अवसरमा बोल्दै स्काउट नगर परिषद सदस्य तथा न्यूटन्स फाउण्डेशनका प्रधानाध्यापक देवेन्द्र हुमागाईले विद्यार्थीको क्षमता विकासमा स्काउटको महत्वपूर्ण भूमिका रहेको बताए ।

    नगर स्काउट वित्त आयुक्त कपिल सापकोटाले कार्यक्रमको औचीत्यमाथी प्रकाश पार्दै स्वागत गरेको समापन कार्यक्रममा बिर्तामोड नगर शिक्षा शाखा अधिकृत तथा स्काउट परिषद सदस्य, लासाङ तामाङ, नगर परिषद सदस्य वेदप्रकाश अग्रवाल, अर्जुन चुडाल, खगेन्द्रराज आङदाम्बे, समाजसेवी रोनक बंशल, कोर्श लिडर गल्स संगीता पराजुली, परिषद स्काउटर, प्रमीला भण्डारी, रोजीना उप्रेती, हिसान झापाका कोषाध्यक्ष तथा निदि कलेजका प्रिन्सिपल रन्जीत शाह, बिर्तामोड नगर भित्रका विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.