• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चिल्ड्रेन इन्भारोमेन्टका विद्यार्थी ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’ मा छनोट


  •    संवाददाता/ बिहिबार, साउन ०२, २०८२  

  • ताइवानमा आयोजना गरिएको ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’मा झापाका दुई जना विद्यार्थी छनोट भएका छन् ।

    ‘भूमि उपयोग तथा आवरण परिवर्तन’सम्बन्धि अनुसन्धानमा भाग लिँदै उत्कृष्ट भएका बिर्तामोड-१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका विद्यार्थी एशिया प्यासिफक सम्मेलन (युवा वैज्ञानिक सम्मेलन)मा छनोट भएका हुन् ।

    Advertisement

    कक्षा ९ मा अध्ययनरत पल लिम्बू र कक्षा १० मा अध्ययनरत विद्यार्थी पल्पसा श्रेष्ठले सो सम्मेलनमा भाग लिँदै बिर्तामोड नगर क्षेत्रमा बढ्दो सहरीकरणका कारण वनस्पतिक आवरण क्षेत्र घट्दै गएको र त्यसले पर्यावरणमा पार्ने क्षति लगायतका विषयमा तयार पारिएको परियोजना प्रस्तुत गर्नेछन् ।

    Advertisement

    उनीहरुले सन २०१६-२०२४ सम्म बिर्तामोड नगरमा देखिएको परिवर्तनका विषयमा तयार पारेको सामग्री सो सम्मेलनमा प्रस्तुत गर्ने छन् । सेन्टिनेल-२ उपग्रहबाट तथ्याङ्क संकलन गरी जीआईएस कम्प्युटेसनल उपकरणहरु प्रयोग गरेर उनीहरुले सो परियोजना तयार पारेका हुन् ।

    यसअघि काठमाडौँस्थित युनिग्लोव कलेज र नेपाल पोलिमर इन्टिच्युटको संयुक्त आयोजनामा भएको यङ साइन्टिस्ट समिट २०८१ मा उत्कृष्ट हुँदै ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’को यात्रा उनीहरुले तय गरेका थिए ।

    ताइवानमा यही जुलाई २३ देखि २७ सम्म आयोजना गरिएको युवा वैज्ञानिक सम्मेलनमा सहभागीता जनाउन लागेसँगै उनीहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ ।

    पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्य तथा विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई विदाई गरिएको हो ।

    ताइवानमा आयोजना हुने ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’मा नेपालबाट सात जना विद्यार्थीले फरक-फरक विधामा प्रतिष्पर्धा गर्नेछन् । काठमाडोँस्थित अर्वाना स्कूल अफ साइन्स र सेन्ट लोरेन्सका पाँच जना विद्यार्थीले युवा वैज्ञानिक सम्मेलनमा भाग लिन लागेका हुन् । उनीहरु आगामी मंगलवार सिंगापुर एयरलाइन्सबाट ताइवान जाने कार्यक्रम रहेको छ ।

    यसअघि काठमाडौँमा आयोजना गरिएको नवौं युवा बैज्ञानिक शिखर सम्मेलन (यङ साइन्टिस्ट समिट २०८१) मा विद्यार्थीहरुले रासायन तथा वातावरणीय विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ तथा रोबटिक्स, कम्प्युटर विज्ञान तथा कृतिक बुद्धिमता, स्वदेश ज्ञान तथा स्थानीय प्रविधि जस्ता विभिद विधामा अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    देशभरका ५० बढी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले सो कार्यक्रममा अलग-अलग विद्यामा ८५ वटाभन्दा बढी अनुसन्धान परियोजना प्रस्तुत गरेका थिए । जसमा चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका विद्यार्थी उत्कृष्ट भएका थिए ।

    विद्यालयस्तरमा अध्ययनरत वैज्ञानिक चेत र सामथ्र्य बोकेका विद्यार्थीको प्रतिभालाई उचित अवसर र वातावरण प्रदान गर्ने उद्देश्यले आयोजित युवा वैज्ञानिक सम्मेलन भएको थियो । सो सम्मेलनमा उनीहरु उत्कृष्ट भएसँगै ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’मा छनोट भएको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.