झापाको बिर्तामोड-४ स्थित गोमेन्द्र बिर्ता मोडल स्कुलले डिएचएम र बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई ओरेनटेसन र क्युलिनरी सेसन सुरु गरेको छ ।
विद्यालयले भारतको पाँचतारे मेरियट होटलको एक्जिक्युटीभ सेफ आसुतोष कुमारलाई ल्याएर विद्यार्थीलाई ओरेनटेसन र क्युलिनरी सेसन गरेको हो ।
उनले विद्यार्थीलाई खानेकुरा पकाउने तरिका, तापक्रम, काट्ने तरिकासहित किचनको सम्पूर्ण बेसिक कुरा सिकाउने स्कुलका संस्थापक निर्देशक उत्तम खनालले जानकारी दिए ।
उनले हाइजनिक खानेकुरा, किचन सुरक्षा विद्यार्थीका लागि पढाई र प्रयोगात्मक अध्ययनलाई साथसाथै लगिएको बताउँदै सिर्जनात्मक काम, तालिम वा प्रतियोगिताहरुमा समेत नियमित सहभागिता गराउने गरेको निर्देशक खनालले जानकारी दिए । विद्यार्थीलाई आज पनि अभिमुखिकरण दिइने डिएचएम र बिएचएमका कोडिनेटर विजय क्षेत्रीले बताए ।
उनले ६ महिना थेउरी कक्षा र ६ महिना प्रयोगात्मक पढाई हुने बताए । त्यसका लागि भारतको पाँचतारे मेरियट होटल लगिने उनको भनाई छ । त्यस पश्चात विद्यार्थीलाई जागिर प्रदान गरिने उनले बताए । जसका लागि स्कुलले मेरियटसँग सम्झौता गरेको छ । अहिले ३७ जना विद्यार्थीहरू, होटल व्यवस्थापनको व्यवहारिक ज्ञान लिइरहेका छन् ।







