• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसईईमा चार जीपिए ल्याउने बिर्तामोडका नाै जना विद्यार्थी पुरस्कृत


  •    संवाददाता/ आइतबार, असार २२, २०८२  

  • झापाको बिर्तामोड नगरपालिकाले एसईई परीक्षामा चार जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।

    नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

    Advertisement

    सम्मानित विद्यार्थीहरूमा वडा नं.२ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुईटेल र अश्विन लुईटेल, वडा नं.३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल, वडा नं.१ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदय प्रसाद सिवाकोटी तथा वडा नं.५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला रहेका छन् ।

    Advertisement

    उनीहरूका साथै अभिभावकहरू र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई पनि नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले खादा र टीका लगाएर सम्मान गरेका थिए ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले शिक्षकहरूको मेहनत र अभिभावकको सहयोगकै कारण विद्यालयहरू क्रमश: उत्कृष्ट बन्दै गइरहेको बताइन् ।

    शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कक्षा ८ र एसईईको प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले आगामी वर्षमा विद्यालयको शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता जनाउँदै नगरपालिकालाई आवश्यक नीतिगत सहयोग गर्न आग्रह गरेका थिए । सम्मानित विद्यार्थीहरूको तर्फबाट मोहनमाया माध्यमिक विद्यालयकी छात्रा येलिना तिम्सिनाले धारणा राखेकी थिइन् ।

    लासाङ तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाकी अधिकृत जानुका रेग्मीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.