• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तानसँग स्तब्ध


  •    संवाददाता/ आइतबार, असार २२, २०८२  

  • एएफसी एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

    पहिलो हाफमा ३-१ ले पछि परेको अवस्थामा नेपालले सानदार पुनरागमन गर्दै खेललाई दोस्रो हाफमा ३-३ को अवस्थामा ल्याएको थियो।

    Advertisement

    निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिन पुगेको थियो जहाँ घरेलु टोली उज्वेकिस्तानले बाजी मार्न सफल भयो । पेनाल्टी सुटआउटमा उज्वेकिस्तान सबै चार खेलाडीले गोल गर्दा अन्तिम प्रहार गर्नु परेन । नेपालक लागि भने सावित्राको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । दोस्रो प्रहार गीता रानाले गोलमा परिणत गर्दा सविता राना मगरले पनि गोल गर्न सफल भइन् । चौथो प्रहारका लागि आएकी गोलरक्षक अञ्जना राना मगरको प्रहार गोलरक्षकले बचाएपछि नेपाल पराजित हुन पुग्यो ।

    Advertisement

    त्यसअघि घरेलु टोली उज्वेकिस्तानले पहिलो हाफमै ३-१ को अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा घरेलु टोली उज्वेकिस्तान १० खेलाडीमा समेटियो । पहिलो हाफमा उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक-एक गोल गर्दा अर्को एक गोल समीक्षा घिमिरेको आत्मघाती गोलका रुपमा उपहार पाएको थियो। नेपालको लागि साबित्रा भण्डारी (साम्बा) ले एक गोल गरिन् ।

    खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा टुर्डिबोएभाको सटलाई डिफेन्डर गीता रानाले हेड गरेको बललाई अनमार्क रहेकी खाबीबुलेएभाले सहज रुपमा गोल गर्दै अग्रता दिलाइन् । पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल खान पुग्यो । उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत हुन पुगेको थियो।

    त्यसपछि खेलमा समालिएको नेपालले २४ औं मिनेटमा एक गोल फर्कायो । कप्तान साम्बाले उज्वेकिस्तानकी किपर मातफुनाले क्लियर गर्न नसकेको बलमा रश्मी कुमारी घिसिङले दिएको हेड पासलाई रिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुमेको थियो ।

    तर खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अबसर पायो जसलाई मातफुना सोयीमोभाले गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तान १० खेलाडीमा समेटियो । साम्बालाई ट्याकल गरेपछि उज्बेकिस्तानकी एन एर्गासेभा दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिइन् ।

    त्यसपछि दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्यायो । नेपालका लागि सबै तीन गोल सावित्रा भण्डारीले गर्न सफल भइन् । ७१ औं मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गर्दा २ मिनेट पछिनै उनले ह्याट्रिक पुरा गर्दै खेल बराबरीमा ल्याउन सफल भइन् । तर, त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो जहाँ पेनाल्टी सुटआउटमा नेपाल स्तब्ध बन्यो । जीतसँगै उज्वेकिस्तान भने एसिया कपमा छनोट हुन सफल भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.