• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा विद्यालयको भूमिका विषयक अभिमुखिकरण


  •    संवाददाता/ बिहिबार, असार १९, २०८२  

  • बिर्तामोड क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा विद्यालयको भूमिका र कानूनी परामर्शसम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ ।

    बिर्तामोड नगरपालिकाको सभाहलमा बुधबार बिर्तामोड नगर क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ४० जना भन्दा बढीलाई एक दिवशीय अभिमुखिकरण प्रदान गरिएको हो ।

    Advertisement

    कार्यक्रममा बालबालिका माथि कहाँ, कसरी र कोबाट हिंसा हुन्छ, बालबालिका माथि हुने हिंसा नियन्त्रणका लागि विद्यमान कानून एवं संरचना के छ साथै विद्यालयमा बालबालिका माथि हुने हिंसा नियन्त्रण गर्ने उपाय समेतका बारेमा झापा जिल्ला अदालतका प्रशासन शाखाका शाखा अधिकृत तथा सूचना अधिकारी रामचन्द्र बस्नेत र इजलास साहयक खगेन्द्रप्रसाद भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए ।

    Advertisement

    बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजना र बालबालिका शिक्षा तथा सञ्चार मञ्चको संयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बालबालिका माथि हिंसा भएको देखिए नियन्त्रणका लागि विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, नगर शिक्षा समिति एवम् बाल क्लबको ठूलो भूमिका हुने धारणा व्यक्त गरेका थिए ।

    उनले विद्यालयहरु बीचमा भगिनी सम्बन्धको विकास गरी हिंसामुक्त विद्यालय बनाउनका लागि भूमिका खेल्न कार्यक्रममा सहभागी प्रधानाध्यापक र शिक्षकहरुलाई आग्रह गरेका छन् ।

    विद्यालयमा तुलनात्मक रुपमा छात्रा बढी हिंसामा परेका तथा विद्यालयमा हिंसा बढिरहेको छ भन्ने गुनासो नगरपलिकामा आउने गरेकोले बताउँदै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बालबालिकाको अपरिपक्व र अज्ञानताका कारण अपराध नगरेपनि विद्यार्थीलाई सुधारात्मक ढङ्गले शिक्षकले व्यवहार गर्नुपर्नेमा जोड दिए ।

    शिक्षा शाखा प्रमुख भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले शुभकामना मन्तव्य राखेका थिए ।

    शिक्षा शाखाका अधिकृत जानुका रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन बालबालिका तथा शिक्षा सञ्चार मञ्चको संयोजक सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.