• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो चारपाने बाल क्लब पुनर्गठन, अध्यक्षमा भट्टराई


  •    संवाददाता/ मङ्गलबार, असार १७, २०८२  

  • झापाको बिर्तामोड नगरपालिका-२ स्थित उज्यालो चारपानेको अध्यक्षमा इशान भट्टराई चयन भएका छन् ।

    बाल क्लबको सोमबार भएको पुनर्गठन तथा तेस्रो अधिवेशनबाट भट्टराईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

    Advertisement

    त्यस्तै उपाध्यक्षमा समृद्धि खड्का र शोभित उप्रेती, सचिवमा, कृष्टिना चौधरी, सह-सचिवमा उत्सल बराल, कोषाध्यक्षमा प्रियन्सु ढकाल र अन्य सदस्यहरूमा सात जना चयन भएका छन् ।

    Advertisement

    क्लबकी अध्यक्ष एलिजा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ वडाध्यक्ष किशोर कुमार पौडेलले बालबालिकाको नेतृत्व विकास, सिर्जनशीलता अभिवृद्धि र सामाजिक जिम्मेवारी बोधका लागि बाल क्लबहरू महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले क्लबका आगामी गतिविधिमा वडा कार्यालयको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    समय सञ्जालको सहजीकरण र बिर्तामोड नगरपालिका वडा नं.२ को सहयोगमा भएको कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, बिर्तामोड-२ का विभिन्न विद्यालयका फोकल पर्सन शिक्षकहरू, अभिभावक, शिक्षक, समाजसेवी, पूर्व पदाधिकारी तथा बालबालिकाको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै बालबालिकाशिक्षा तथा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले बालबालिका समाजको उज्यालो भविष्य भएको बताए । उनले बाल बालिकाको नेतृत्व विकास, अधिकार संरक्षण र सिर्जनात्मक अभिवृद्धि गर्न यस्ता बाल क्लबहरू अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

    कार्यक्रममा स्वागत मन्तव्य, गायन प्रस्तुति, अनुभव बाँडफाँड तथा क्लबको विगत र आगामी योजनाबारे चर्चा गरिएको थियो । नवगठित समितिले बाल अधिकार संरक्षण, सिर्जनात्मक तथा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै बालबालिकाको नेतृत्व विकास र सामाजिक चेतनामा जोड दिने प्रतिबद्धता जनाएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.