माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
परीक्षा नियन्त्रक डा.गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए ।
नतिजाको विषयमा छलफल गर्न बोर्ड बैठक बस्ने तयारी समेत भइरहेको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौं । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ’ उनले भने, ‘सम्भवत: बोर्डको बैठक आज बस्छ ।’
Advertisement
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।







