सडक दुर्घटना गर्ने मुख्य उद्देश्यले सुरु भएको ट्राफिक सप्ताह समापन भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा भएको ट्राफिक सप्ताह झापामा पनि विभिन्न कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा गत असार ६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह बिहीवार आयोजित समारोहकाबीच समापन गरिएको ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।
उनका अनुसार ट्राफिक सप्ताह अवधिमा झाण्डै १० हजार जनालाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिएको छ । यो अवधिमा ट्राफिक नियमको पालना गरी सवारी चलाउने दुई जना चालकहरुलाई सम्मान र विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता समेत आयोजना गरेको थियो ।
गत असार ६ गते ट्राफिक सप्ताह उद्घाटन समारोह बिर्तामोड नगरपालिका-५ स्थित मुक्ति चौकमा प्रभातफेरीसहित ¥यालीको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् ।
यसैबीच ट्राफिक सप्ताह आज सचेतना ¥यालीसहित सम्पन्न भएको छ । बिर्तामोडस्थित मुक्ति चौकमा आयोजना गरिएको ¥याली नगर परिक्रमा पछि वानस्टप महल अगाडि आएर समापन गरिएको हो ।
ट्राफिक सप्ताह समापन समारोहमा जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, स्थानीय संघसस्थाका पदाधिकारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।







