झापाको बिर्तामोडमा कलेजका छात्राहरुलाई लक्षित गरेर आत्म सुरक्षा सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महिला मुक्ति अभियान झापाको आयोजनामा बिर्तामोड-४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा विद्यार्थीलाई लक्षित गरेर आत्म सुरक्षाका लागि लैंगिक हिंसा तथा यौनजन्य हिंसा सम्बन्धि कानुनी प्रावधान तथा सुरक्षाका विषयमा प्रशिक्षण दिइएको हो ।
महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड-४ का वडाध्यक्ष राहुलकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रिन्सिपल डा.रुपक खनाल, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, बिर्तामोड-४ की महिला वडा सदस्य निर्माला राजवंशी, उद्यमशिल महिला समूह झापाकी अध्यक्ष पार्वता विमली खरेल लगायतको आतिथ्य रहेको थियो ।
उक्त तालिममा अधिवक्ता हेमकला कट्टेलले आत्म सुरक्षाका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइकी थिइन् । उनले हिंसाबाट जोगिन अप्नाउनुपर्ने सुरक्षाका विषय तथा हिंसामा परे त्यस विरुद्ध हुने कानुनी दण्ड र सजायका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन् ।
महिला मुक्ति अभियानकी सह-सचिव सम्झना गिरीले स्वागत गरेको कार्यक्रममा पूर्व सचिव विनिता तामाङले औचित्यमाथि प्रकाश परेकी थिइन् भने सञ्चालन सचिव देवका भट्टराईले गरेकी थिइन् ।







