वीरता जेसीजले ४० जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ ।
बिर्तामोड एजुकेशन फाउन्डेशनको सहकार्यमा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका ४० जना विद्यार्थीहरूलाई नि:शुल्क कम्प्युटर शिक्षा प्रदान गर्न लागिएको वीरता जेसीजका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
यसैबीच इच्छुक विद्यार्थीहरूले असार २० गतेभित्र वीरता जेसीज सचिवालयमा उपस्थित भई आवेदन दिन सक्ने छन् ।
Advertisement
विद्यार्थीका लागि कम्प्युटरको बेसिक कोर्स, ग्राफिक्स डिजाइनिङ, फोटोशप, एक्सेलरपावरप्वाइन्ट, कम्प्युटर अपरेटिङ, हाईड्राइभ र नेटवर्किङ, टाइपिङ, ट्राभल सूटिङ तथा प्रोजेक्ट वर्क जस्ता विषयहरूमा नि:शुल्क अध्ययन गराइने छ ।







