एक साताअघि बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा दोस्रो भएका देवी माध्यमिक विद्यालयका प्रतिभालाई विद्यालयले सम्मान गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदर्शनीमा दोस्रो भएको ‘देवी रोबोट’ निर्माण गर्ने चारजना विद्यार्थीलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् ।
देवी रोबोटले प्रदर्शनीमा दोस्रो स्थान हासिल गर्दै नगद तीन लाख रुपैयाँ पुरस्कार जितेको थियो । कक्षा ११ का चारजना विद्यार्थी मिलेर सो रोबोट बनाएका थिए ।
Advertisement
रोबोट बनाउने कक्षा ११ अध्ययनरत सविन बास्कोटा, आयुष प्रसाईं, अनिश कटुवाल र सुवर्ण राउतलाई सम्मानपत्र प्रदान गर्दै बधाई दिइएको थियो ।
यसैबीच विद्यालयले उनीहरुलाई कक्षा १२ मा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिइन् ।







