झापाको बिर्तामोड नगरपालिका-४ स्थित अनारमनी आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यसोदा चापागाई र प्रधानाध्यापक टंक कटुवाललाई १ सय ४५ जना विद्यार्थीको पोसाक हस्तान्तरण गरेकी थिइन् ।
बिर्तामोड नगरपालिकाले सबै सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई हरेक वर्ष विद्यालय पोसाक वितरण गर्दै आएको छ ।
Advertisement







