अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाका विद्यालयमा विदा दिइएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले दुई दिन विदा गरिएको जानकारी दिए ।
पालिकाको सूचना अनुसार बुधबार र बिहीबार दुई दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने छन् ।
Advertisement
हाललाई दिइएको विदा वर्षे बिदामा मिलान गरिने उल्लेख छ । पछिल्लो केही दिनयता झापामा बढेको अत्यधिक गर्मीले जनजीवन नै प्रभावित बनाएको छ ।







