• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सतासी आविका हेडसरको उदाहरणीय काम: छुट्टीपछि सिटी कुदाएर विद्यार्थीलाई पुर्‍याउँछन् घर


  •    विनोद सापकोटा/ मङ्गलबार, जेठ २८, २०८२  

  • झापाको शिवसताक्षी नगरपालिका-९ मा रहेको सतासी आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर बिकले छुट्टीपछि सिटी सफारी कुदाएर विद्यार्थीलाई घर-घर पुर्‍याउने गरेका छन् । पारिश्रमिक नलिई अतिरिक्त समय खर्च गरेर उनले गरेका यो कामले शिक्षक पेशामा समर्पण र सेवाको नयाँ उदाहरण प्रस्तुत गरेको छ।

    विद्यालयमा विद्यार्थी घट्दै गएपछि स्थानीय वडाले झण्डै ३ लाख ५० हजार रुपैयाँ बराबरको सिटी सफारी दिएको थियो । तर त्यसलाई कसले चलाउने भन्ने अन्योल भएको बेला विद्यालयका शिक्षक ओम आचार्यले पहिलोपटक सिटी चलाएर नगरपालिकाबाट स्कुलसम्म ल्याए । सुरुवातमा डर लागे पनि केही बेर अभ्यास गरेपछि उनी सहजै चलाउन थाले । सुरुका केही हप्ता बिहान-बेलुका आचार्यले नै विद्यार्थी ल्याउने–पुर्‍याउने गरेका छन् ।

    Advertisement

    एक महिनादेखि भने बिहान विद्यार्थी ल्याउने जिम्मा प्रधानाध्यापक बिकका भान्जाले सम्हालिरहेका छन । जसले दैनिक १०० रुपैयाँ पारिश्रमिक पाउँछन् । बेलुका भने बिक आफैं सिटी कुदाउँछन् र विद्यार्थीलाई घर-घर पुर्‍याउँछन् । उनी भन्छन्, ‘विद्यार्थीको प्रगति र व्यवहारबारे अभिभावकसँग प्रत्यक्ष कुरा गर्न पाउँदा साँचिकै सन्तुष्टि मिल्छ । यस्तो सेवा गर्न पाउँदा जीवन नै सार्थक लाग्छ ।’

    Advertisement

    विद्यालयबाट छुट्ने सिटी सफारी वडाको याङया चोकदेखि वीर दिल चोक, नहरचोक, जनता आवास क्षेत्र, शिवचोक हुँदै दुधे-शिवगञ्ज सडकबाट विद्यालय पुग्छ। एक चक्करमा १६ जना विद्यार्थी सवार हुन्छन् भने अन्य २७ जना अझै पनि पैदलै विद्यालय आउँछन् ।

    प्रधानाध्यापक बिकको पहलप्रति अभिभावकहरू पनि खुसी छन् । ‘हाम्रो छोराछोरीलाई प्रधानाध्यापक आफैंले घर पुर्‍याइदिँदा कतै अलमलिन्छन् कि भन्ने चिन्ता हुँदैन,’ स्थानीय अभिभावक रामबहादुर तामाङले भने ।

    शिक्षक आन्दोलनका कारण यस वर्ष केही विद्यार्थी निजी विद्यालयतिर गएका थिए । तर सिटी सफारी सेवा र गुणस्तरीय शिक्षाका कारण विद्यालयले अघिल्लो वर्षको विद्यार्थी संख्या जोगाउन सफल भएको छ । प्रधानाध्यापक बिक भन्छन्, ‘अर्को वर्ष ५० भन्दा बढी नयाँ विद्यार्थी थप्ने लक्ष्य लिएका छौँ ।’

    विद्यालयका अन्य शिक्षकहरू पनि कहिलेकाहीँ पालो गरेर सिटी चलाउने गरेका छन् । विद्यालयकी शिक्षिका शारदा सुब्बा पनि सिटी सफारी चलाउने तालिम लिइरहेकी छन् । साँझ ६ बजेसम्म विद्यालयकै काममा खटिने बिकको सेवाभाव र पहलले सरकारी विद्यालय पनि समर्पण र नवाचारको पर्याय बन्न सक्छ भन्ने उदाहरण सतासी आधारभूत विद्यालयले देखाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.