निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ ।
बिर्तामोड नगरपालिका-१ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।
जसका लागि प्याब्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती र छत्रवहादुर कार्कीसहित सचिवालयका सदस्य रहेका छन् ।
सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी, विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै सुरु गर्ने जनाइएको छ ।
झापा प्याब्सनको सम्पन्न बैठकले प्राज्ञिक सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा मोहन सुब्बा, गुरुभक्त न्यौपाने, राम सिटौला, अमृतबहादुर बुढाथोकी, अखिल कोइराला, जर्नादन ढकाल र हरि अधिकारी रहेका छन् ।
त्यस्तै साँस्कृतिक कार्यक्रम उपसमिति संयोजकका रुपमा हरिकृष्ण पठक चयन भएका छन् । समितिको सदस्यहरुमा याम दंगाल, वदीराम राई, अनुप रोय, जर्नादन मैनाली, मिलन श्रेष्ठ र समिक्षा गौतम रहेका छन् ।
त्यसैगरी लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा इसीए उपसमिति गठन भएको छ । समितिमा टेकनाथ तिम्सिना र धनप्रसाद राजवंशी सदस्य रहेका छन् ।
अमृतकुमार तिम्सिनाको संयोजकत्वमा खेलकुद उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा बिक्रम क्षेत्री, विनोद उप्रेती, दिपक संग्रौला, गणेश श्रेष्ठ, विनोद बुढाथोकी, सिताराम बराल, लीलामणि राई र कल्पना थापा रहेका छन् ।
त्यस्तै जीवन शिवाकोटीको संयोजकत्वमा तालिम उपसमिति गठन भएको छ । समितिको सदस्यहरुमा भवानीप्रसाद पाठक, सुरेन्द्र खरेल, उत्तम खनाल र डम्वरु रुचाल रहेका छन् ।
त्यसैगरी भीम विजय वास्तोलाको संयोजकत्वमा लेखा उपसमिति गठन भएको छ । जसको सदस्यमा गोकुल उप्रेती र प्रमिला बजगाई रहेका छन् ।
त्यस्तै विनोद सुब्बाको संयोजकत्वमा विवाद समाधान उपसमिति गठन भएको छ । जसको सदस्यमा तिलक पाख्रिन, रामप्रसाद सुहाङ्ग, रुद्र सिटौला, भोजवहादुर कार्की, विष्णु सापकोटा र मोहन थापा रहेका छन् ।







