झापाको बिर्तामोड-५ स्थित न्युटन्स एजुकेसन एकाडेमीले आयोजना गरेको तीन दिने अभिभावक तथा शिक्षक प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
बिहिबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम शनिबार समापन भएको हो । पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावक र दोस्रो दिन कक्षा ६ देखि १० कक्षा सम्मका अभिभावक र आज शिक्षकलाई प्रशिक्षण दिइएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण दिएका हुन् ।
अभिभावक र शिक्षकबिच सम्बन्ध प्रगाढ बनाउँदै विद्यार्थीमा देखींदै आएका विविध समस्या समाधानका लागिकार्यक्रम आयोजना गरिएको न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए ।
समापन कार्यक्रममा न्युटन्स र एभरेष्ट स्मार्टका शिक्षकहरुसहित बाह्रदशीको दिपजन सकेन्डरी स्कुलबाट १०, निधि स्कुलबाट १०, बुद्ध स्मृति स्कुलबाट १०, गोमेन्द्र बिर्तामोडलबाट १०, लिंकन मन्टेश्वरीबाट १० र ओम विद्या मन्दिरबाट १० गरी कुल १८० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षक प्रतिनिधि सुवास तिम्सीनाको अध्यक्षताको समापन कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा शाखा अधिकृत लासाङ तामाङ रहेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि तामाङ, बालबालिका शिक्षा तथा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, प्याब्सन झापा सचिव लक्ष्मी उप्रेतीले लगायतले आ-आफना राखेका थिए ।
कार्यक्रममा निधि क्याम्पसका प्रिन्सिपल रंजित शाह, एभरेष्ट स्मार्ट स्कुलका अनुप शर्मा, निधि स्कुलका प्रिन्सिपल भिष्म प्रसाईं, हिसान झापा कार्यबाहक अध्यक्ष उत्तम खनाल, गोमेन्द्र बिर्तामोडलका गिता ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक पवित्रा पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागतसहित औचित्माथि प्रकाश प्रिन्सिपल देबेन्द्र हुमागाईले पारेका थिए ।







