• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स पराजित


  •    संवाददाता/ बिहिबार, जेठ २३, २०८२  

  • विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ ।

    गएराति भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित अङ्क तालिकामा १४ खेलबाट १० अङ्क बनाउन सफल भएको हो । तालिकामा नेपाल एकल अङ्कबाट दोहोरो अङ्क (डबल डिजिट) मा पुगेको हो ।

    Advertisement

    स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४७ दशलमव १ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो ।

    Advertisement

    नेपालका लागि आरिफ शेखले सर्वाधिक ७८ रनको इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाएर अविजित रहेका थिए ।

    त्यस्तै कप्तान रोहित पौडेलले २३ रन बनाउँदा आसिफ शेखले १९ र कुशल भुर्तेलले २५ रन बनाएर आउट भएका थिए । डच टोलीका लागि माइकल लेभिटले २ विकेट लिंदा भिभियन किंग र पउल भान मिकरेनले समान १-१ विकेट लिएका थिए ।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको डच टोली ४९ दशलमव १ ओभरमा अलआउट हुँदै २ सय २५ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४६ रन बनाउँदा नोच क्रोएसले ४८ रन बनाएका थिए ।

    त्यस्तै विक्रमजित सिंहले ३८ रन बनाउँदा जाच लियोन क्याचेटले २७ रन बनाए भने तेजा निदामनुरुले १३ रन रोलअफ भान डेर म्यार्युले २१ रन बनाएका थिए ।

    नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.