• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाह्रदशी जेसीजको उदाहरणीय काम: १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण


  •    संवाददाता/ शुक्रबार, जेठ १०, २०८२  

  • बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।

    जेसीजले अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत वितरण गरेको हो ।

    Advertisement

    बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बराबरको स्कूल व्याग सहितका स्टेशनरी सामग्री प्रदान गरिएको थियो ।

    Advertisement

    गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहितले उनीहरुलाई नगद एक हजार रुपैयाँ सहित स्टेशनरी सामग्री प्रदान गरेका थिए ।

    बाह्रदशी जेसीजले सन २०२३ बाट यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक वर्ष उनीहरको पढाई खर्च व्यहोर्दै आएको जेसीजले यो वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो । अभिभावकत्व ग्रहण गरिएका बालबालिकालाई उच्च शिक्षा अध्ययनमा समेत जिम्वेवारी लिइने बताइएको छ ।

    जेसीजले गरेको कार्यक्रमको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष चम्लागाईले समेत दुई जना बालवालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले अमृत माध्यमिक विद्यालय भागुडुब्बामा अध्ययनरत विद्यार्थी मनिष राजवंशी र सुन्दरपूर आधारभूत विद्यालयका विद्यार्थी आशिका गणेशको अभिभावकत्व ग्रहण गरेका हुन् ।

    त्यस्तै बाह्रदशी जेसीज सन २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलवारी माविका विद्यार्थी पद्मा राजवंशीको अभिभावकत्व ग्रहण गरेका छन् । एक सदस्य एक अभिभावक भन्ने नारा लिएको जेसीजले सुरु गरेको कार्यक्रम अन्तरगत जेसीजका संस्थापक अध्यक्ष विगम श्रेष्ठ-डिकप्रसाद आचार्य, पूर्व अध्यक्ष पुष्पलाल धमला-सुहानी खातुन, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती-सविता माझी, निर्वतमान अध्यक्ष खगेन्द्र सुवेदी-आशिका खवासको अभिभावकत्व ग्रहण गरेका हुन् ।

    त्यस्तै राजु अधिकारी-अनुज गिरी, विश्वास गौतम-अम्विका सुवेदी, डिककुमार कटुवाल-लुकेश राजवंशी, सदिक्षा खड्का -जशोदा कुर्मी, पुष्प भभट्टराईलाई-सुशील लिम्बू, गोकुल घिमिरे-दामिनी शाह, गोपाल उप्रेती-अस्मिता हस्दा, प्रकाश फुयाल-रिदिमा राजवंशी, नवराज दाहाल-अनिता राजवंशी र नवीन त्रिताल-सृजना सोरेनको अभिभावकत्व ग्रहण गरेका छन् ।

    बाह्रदशी जेसीज सन २०२५ का अध्यक्ष तीर्थ प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लगाईले बाह्रदशी जेसीजले उत्कृष्ठ र रचनात्मक कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रममा बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला, बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष खगेन्द्र सुवेदी, नेपाल जेसीजका कार्यकारिणी गणेश सापकोटा, पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल (कुमार), बाह्रदशी गाउँपालिका-४ का वडाध्यक्ष महताव आलम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    राजु अधिकारीले स्वागत गरेको कार्यक्रममा आस्था बाचन विश्वास गौतमले गरेका थिए । जेसीजको मिसन भिजन गोपाल उप्रेतीले गरेका थिए भने कार्यक्रमको सञ्चालन बाह्रदशी जेसीजकी महासचिव सदिक्षा खड्काले गरेकी थिइन् ।

    दुई खण्डमा गरिएको कार्यक्रम अन्तरगत भितेपात्रो विमोचन विश्वास गौतमको संयोजकत्वमा भएको थियो । अभिभावकत्व ग्रहण कार्यक्रम राजु अधिकारीको संयोजकत्वमा भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.