झापाको बिर्तामोड-७ मा रहेको कञ्चन अंग्रेजी माध्यमिक विद्यालयमा हरिकृष्ण अक्षयकोष स्थापना गरिएको छ ।
बिर्तामोड-७ बिरानमा बसोबास गर्दै आएका हरिकृष्ण पकुवालले २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । निजी क्षेत्रलाई हेर्ने गलत नजरलाई तोड्दै पकुवालले आफ्नो जीवनमा उदाहरणीय कार्य गरेका हुन् ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानाध्यापक दिपक चम्लागाई र सहप्रधानाध्यापक बद्री बास्कोटालाई संयुक्तरुपमा उनले अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।
कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याउने जेहेन्दार र गरिव विद्यार्थीलाई अक्षयकोषको रकमबाट आएको व्याजले छात्रवृत्ति वितरण गरिने विद्यालयका फाउन्डर डिल्लीराम चम्लागाईले बताए ।
गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा विद्यालय उत्कृष्ट रहँदै आएको छ । विद्यार्थीलाई नृत्य, गायन र उद्धघोषणमा अब्बल बनाउन तालिमको व्यवस्था गर्ने गरेको प्रधानाध्यापक चम्लागाईले जानकारी दिए ।







