• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आधारभुत तह विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि धुलावारी माविको पोल्टामा


  •    संवाददाता/ शनिबार, फागुन १७, २०८१  

  • झापाको मेचीनगर-१० मा अवस्थित प्रगतिशील युवा क्लवले आयोजना गरेको आधारभुत तह विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि धुलावारी माध्यमिक विद्यालयले उचालेको छ ।

    शनिवार धुलावारी फुटसल एरिनामा सम्पन्न प्रतियोगितामा मेचीनगर-१० का सात वटा विद्यालयलाई पछि पार्दै धुलावारी माविले उपाधि हात पारेको हो ।

    Advertisement

    प्रतियोगिताको विजेता धुलावारी माविले नगद १०,००० रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको शिशु साक्षर आधारभूत विद्यालयले नगद ७,००० रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

    Advertisement

    प्रतियोगिताको उत्कृष्ट खेलाडी धुलावारी माविका जुलुम खतिवडा भए भने उत्कृष्ट गोलरक्षक शिशु साक्षर आविका राहुल दनुवार भएका थिए ।

    प्रगतिशील युवा क्लवका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल रहेका थिए ।

    उक्त अवसरमा चेतनशील सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उदय वराईली, शिशु शाक्षर आविका प्रधानाध्यापक लोकनाथ ढकाल, सारदा शिक्षा सदनका प्रधानाध्यापक अर्पण कार्की, धुलावारी माविका शिक्षक चेतन निरौला, प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, रोलिङ्ग क्लव धुलावारीका सदस्य लक्ष्मी बाँनिया, क्लवका सल्लाकार रोश्नी खनाल, बलाराम चिमरिया, मेदनी खनाल, विभिन्न विद्यालयका शिक्षक, बाल क्लव पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

    सानो कुमार लिम्बूको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन क्लवका कोषाध्यक्ष सुजन घिमिरेले गरेका थिए ।

    त्यस्तै शुक्रबारै प्रेस क्लव मेचीनगर र आयोजक प्रगतिशील क्लब तथा मेचीनगर-१० का शान्ति समाज बाल क्लव र टिकापुर बाल क्लव बीच मैत्रीपुर्ण खेल समेत भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.