• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश


  •    संवाददाता/ बुधबार, फागुन १४, २०८१  

  • झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

    आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३-१ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

    Advertisement

    ९० मिनेटसम्म १-१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३-१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो ।

    Advertisement

    एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो । भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो ।

    खेलको ८४ औँ मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १-१ को बराबरीमा ल्याए । रसाइलीले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए ।

    दोस्रो हाफको अतिरिक्त समयमा रोहन कार्कीले गोल गर्दै खेल २-१ को स्थितमा पुर्याए । झापाका मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई कार्कीले पोस्टको दिशा दिएका थिए भने अतिरिक्त समयमा नै हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३-१ को स्थितिमा पुर्याए । समिर तामाङको क्रसपासलाई सदुपयोग गर्दै आलेले टिमको जित पक्का गरेका थिए ।

    खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाएका छन् ।

    सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेल फागुन १६ गते हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

    गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

    त्यस्तै उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

    एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.