शिक्षासेवी हरिकुमार प्रसाईंको सम्झनमा एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा सञ्चालन भइरहेको हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा न्यूटन्स एजुकेशन एकाडेमी र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल विजयी भएका छन् ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार भएका खेलमा आ-आफ्ना प्रतिष्पर्धीलाई हराउँदै न्यूटन्स र चिल्ड्रेन विजयी भएका हुन् ।
पहिलो खेलमा न्यूटन्सले देवकुल स्कुललाई ८-० को फराकिलो अन्तरले हराएको हो । सो खेलमा ४ गोल गर्ने न्यूटन्सका रिजन ओली म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै दोस्रो खेलमा ग्रीनफिल्ड वर्ल्ड स्कुललाई २-० ले हराउँदै चिल्ड्रेन इन्भाइरोमेन्ट विजयी बनेको हो । सो खेलमा एक्लै दुई गोल गर्ने चिल्ड्रेनका उनेश राई म्यान अफ द म्याच घोषित भएका छन् ।
आज तीन खेल हुँदैछ । पहिलो खेलमा सुनगाभा इङ्गिलस स्कुल र गोमेन्द्र बिर्ता मोडल, दोस्रोमा निहारिका इङ्गिलस बोर्डिङ स्कुल र निदि सेकेण्डरी स्कुल तथ तेस्रो खेलमा मेची इङ्गिलस स्कुल र बाल्मीकि एजुकेशन एकाडेमीबीच प्रतिष्पर्धा हुने एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।
आगामी फागुन ६ गते फाइनल खेल हुने प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् ।







