• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीका विद्यार्थीले बनाए इभी बाइक, प्रोत्साहन स्वरुप नगदसहित सम्मान


  •    संवाददाता/ आइतबार, माघ २७, २०८१  

  • झापा शिवसताक्षीका विद्यार्थीहरुले बिजुलीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् ।

    शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थीहरु मिलेर इभी मोटरसाइकल निर्माण गरेका हुन् ।

    Advertisement

    उनीहरुले श्री राष्ट्रिय रमणीय आदर्श मावि ५५ औं वार्षिकोत्सव पारेर उक्त मोटरसाइकल सार्वजनिक गरेका थिए । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रशन्न दवाडी, सन्देश बराल, निशान शंकर र क्याम्ब्रिज विद्यालय कक्षा ८ मा अध्ययनरत उज्ज्वल घिमिरेले मोटरसाइकल निर्माण गरेका हुन् ।

    Advertisement

    मोटरसाइकल निर्माण गर्ने चार जना विद्यार्थीहरुलाई दूधे माविका पूर्व प्रधानाध्यापक कालीप्रसाद रिजालले आफ्नो जन्मदिनको अवसर पारेर नगद रकम प्रदान गरेका छन् ।

    उनले आफु ६० औ वर्ष पुगेको र जीवनका ३५ औं वर्ष यस विद्यालयमा अध्यापन गराएकाले विद्यालयमा अध्ययनरत इलेक्ट्रोनिक्स मोटर साइकल बनाउने चार जना प्रतिभावान विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप जनही ५ हजार र विद्यालयका जेहेन्दार अतिरिक्त क्रियाकलपमा अग्रणी भुमिका खेल्ने विराट लामगादेलाई ५ हजार गरी जम्मा २५ हजार प्रदान गरेका बताए ।

    विद्यार्थीहरुले निर्माण गरेको मोटरसाइलमा पुरानो बाइकको चेचिस, पांग्रालगायतको सामाग्रीहरु प्रयोग गरिएको छ । मोटरसाइकलको अगाडी डिक्स ब्रेक र डिजिटल डिस्पेले समेत रहेको विद्यार्थी प्रशन्न दवाडीले बताए । मोटरसाइकल प्रति घण्टा ४७ किलोमिटरको स्पिड सम्म कुदाउन मिल्छ ।

    मोटरसाइकल निर्माण गर्न शिवसताक्षी नगरपालिकाले प्रोत्साहन स्वरुप १७ हजार प्रदान गरेको विद्यार्थी सन्देश बरालले जानकारी दिए । मोटरसाइल फुल चार्ज गर्न २ घण्टा लाग्ने सेन्सर सहितको भएको बरालले बताए ।

    चार जना विद्यार्थीले गएको वर्ष चार पाङ्ग्रे गाडी समेत निर्माण गरेका थिए । त्यही गाडीको पुराना सामानहरुको सहयोगमा मोटर साइकल निर्माण गरेको उनीहरुको भनाई छ । मोटरसाइकल निर्माण गर्न बस्नेत गृल, रविन सिटी सेन्टरले सहयोग गरेको बताइएको छ ।

    मोटरसाइकल सार्वजनिक गर्दा मोटर साइकल निर्माण गर्ने विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उनीहरुको कामलाई प्रशंसा गरेका थिए । नगरप्रमुखले उक्त मोटरसाइकल समेत कुदाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.