• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बर्खा स्मृति अन्तरपालिका टि-२० क्रीकेट: क्वाटरफाइनल समीकरण पूरा


  •    संवाददाता/ सोमबार, माघ १४, २०८१  

  • बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

    आज सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

    Advertisement

    पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित २० ओभरमा २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

    Advertisement

    जवाफमा बुद्धशान्तिले ८ विकेट गुमाउँदै १७८ रनमात्र बनाउन सक्यो । गौरादहका लागि सुरज न्यौपानेले ५४ रन र अर्जुन यादवले ५० रनको योगदान दिए ।

    बुद्धशान्तिका लागि आदि हाङ फागोले सर्वाधिक ४० रन र कप्तान अर्पण कार्कीले ३४ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच गौरादहका सुरज न्यौपाने घोषित भए । उनले नगद ३ हजार रुपैयाँ र ट्रफी हात पारेका छन् ।

    त्यस्तै आज भएको दोस्रो खेलमा कचनकवलले गौरीगन्जलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको गौरीगन्जले १०.५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रन मात्र बनाउन सकेको थियो ।

    कचनकवलका बलरहरूसामु निरीह देखिएको गौरीगन्जका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ४४ रनको लक्ष्य कचनकवलले ४.२ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा गरेको थियो ।

    कचनकवलका लागि दिपेश बोगटीले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । उनी म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्न सफल भएका छन् ।

    भोलिदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुने जनाएको छ । पहिलो क्वाटरफाइनलमा झापा गाउँपालिका र बिर्तामोड भिड्ने छन् भने दोस्रो खेल कन्काई र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

    प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.